कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।
सोमबारको प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ५७ मत परेको छ भने मत दिन्न भन्ने पक्षमा ५ मत परेको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया