कोशी

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री कार्कीले भने- एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिन्छु

इकागज |
बैशाख ३१, २०८१ सोमबार १७:१८ बजे

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका छन् ।

विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर चाँडै नै मन्त्रिमण्डललाई पूर्णता दिने बताएका हुन् । उनले प्रदेशमा मन्त्रालय थप नगर्ने विषयमा सरकार प्रष्ट रहेको जिकिर गरे । उनले सर्वोच्च अदालतले अन्तरिम आदेश, अल्पकालीन आदेश र काम रोक्न आदेश समेत नदिएकाले अदालतमा विचाराधीन मुद्दा भन्न नमिल्ने भएकाले विश्वासको मत लिने निर्णय गरेको धारणा राखे ।


कार्कीले अहिलेको अवस्थामा संसदीय प्रक्रिया र मूल्यमान्यतामा कांग्रेस चुकेको प्रतिक्रिया दिए ।

यस्तै राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता भक्ति सिटौलाले अहिले प्रदेश सरकारलाई मत नदिएर तटस्थ बसे पनि समय परिस्थितिअनुसार पार्टीले आगामी दिनमा आवश्यक निर्णय गर्ने जिकिर गरे ।


Author

थप समाचार
x