गणतन्त्र दिवस तीन दिन मनाइँदै
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
निर्णयमा सबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरूले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी आज साँझ दीपावली गर्ने, भोलि बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरू, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरू उपस्थित भई प्रभातफेरी गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया