कोशी

रतुवा खोलाले जिप बगायो, दुई जनाको मृत्यु

इकागज |
जेठ २२, २०८१ मंगलबार ७:३२ बजे

इलाम- इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका-५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र  माङ्सेबुङ-३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको छ । निरु लिम्बु घाइते छिन् । उनीहरूको शव मदनभण्डारी राजमार्गअन्तर्गत चुलाचुली गाउँपालिका र झापाको बेलडाँगी छेउ रतुवा पुलमा फेला परेको हो ।


जिपमा कति जना सवार थिए भन्नेबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x