कोशी

सोलाखानीमा पहिरो : एकको मृत्यु, दुई जना घाइते

इकागज |
जेठ ३०, २०८१ बुधबार १०:५३ बजे

सङ्खुवासभा- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश  कार्की र गोविन्द थारू घाइते भएको प्रहरीले जनाएको छ ।


उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।


Author

थप समाचार
x