कोशी

कोशी सरकारविरुद्ध परेको रिट खारेज, हिक्मत कार्की सरकारले निरन्तरता पाउने

इकागज |
असार ११, २०८१ मंगलबार १७:१८ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्चले खारेज गरेको हो ।


न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर्याएको हो ।

संविधानको धारा १६८ उपधारा ५ बमोजिम नै यसअघि मुख्यमन्त्री बनेका केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आव्हान गरेका थिए ।


Author

थप समाचार
x