कोशी

उच्च अदालत विराटनगरले भन्यो- दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भयो

इकागज |
साउन २, २०८१ बुधबार १८:१२ बजे

काठमाडौँ- उच्च अदालत विराटनगरले पर्याप्त दरबन्दी नहुँदा मुद्दा फर्छ्यौट र फैसला लेखनमा समस्या भएको जनाएको छ ।

बुधवार उच्च अदालत विराटनगरले आयोजना गरेको अन्तरक्रियामा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधीश रहेकाले मुद्दा फर्छ्यौटमा समस्या भएको बताएका हुन् ।


उनले १२ जना न्यायाधीशको दरबन्दी भए पनि ९ जना मात्र न्यायाधीश हुँदा ४ वटा मात्र बेन्च बस्ने गरेकोले पर्याप्त मुद्दाको फर्छ्यौट गर्न नसकिएको गुनासो गरे ।

पछिल्लो समय एउटा जिल्ला समेत थपिएको र मुद्दाको चाप बढेको हुनाले दरबन्दीअनुसार न्यायाधीश पठाउन उनले आग्रह गरे ।

उच्च अदालत विराटनगरले गत आर्थिक वर्षमा नयाँ र पुराना गरी ७ हजार ४ सय ३७ वटा मुद्दा दर्ता भएकोमा ३ हजार २ सय ५४ वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ । 


Author

थप समाचार
x