Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कोशी

केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्छ : मुख्यमन्त्री कार्की

इकागज |
साउन ४, २०८१ शुक्रबार १७:५९ बजे

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् ।

शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् ।


सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइ नसकेको उनले बताए । उनले आफूले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गरे ।

मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको बताए ।​ उनले प्रदेशमा मन्त्रालयको भागबण्डाका विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताए ।


Author

थप समाचार
x