Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कोशी

कोशीमा डीएसपीसहित ३ सय १२ जना प्रहरी कारबाहीमा

इकागज |
साउन ८, २०८१ मंगलबार १८:५० बजे

काठमाडौँ- कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा प्रहरी मर्यादाविपरीत र अवाञ्छित क्रियाकलाप गर्ने एक जना डिएसपीसहित ३ सय १२ जना प्रहरीहरूलाई कारबाही गरेको छ ।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति सार्वजनिकीकरण कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यक्रममा आर्थिक वर्ष ०८०/८१ मा ९ हजार ३ सय ८७ वटा मुद्दा दर्ता भएको र बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दर्ताको संख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो ।


कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताए ।

उनले सिटी सफारी सेवा भन्दा पनि व्यापार भएकाले यसलाई समयमा नियन्त्रण गर्न नसके ट्राफिक समस्या बन्न सक्ने बताए ।​

कोशी प्रदेश प्रहरी कार्यालयले पेण्डिङ मुद्दाको अनुसन्धान कार्ययोजना बनाएर अघि बढेको र प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षमा प्रहरीको सवारी साधनमा जिपिएस प्रणाली संचालन गर्ने बताइएको छ । 


Author

थप समाचार
x