कोशी

कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिन्छ : मुख्यमन्त्री कार्की

इकागज |
साउन २७, २०८१ आइतबार १९:१२ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिने बताएका छन् ।

आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयहरूको संख्या ९ बाट नबढाइने समेत बताए । उनले प्रदेश संरचनालाई स्थापित गर्ने र प्रदेश चाहिन्छ भन्ने मान्यता प्रति विश्वास दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।


प्रदेश सरकारले चालु आर्थिक वर्षा चिया सम्मेलन, पर्यटन सम्मेलन र लगानी सम्मेलन आयोजना गरेर प्रदेशको आर्थिक गतिविधि बढाउने गरी कार्यक्रम ल्याउन लागेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले एक साताभित्र प्रदेश सभाको बैठक आव्हान गरिने बताउँदै दशैं अगाडिसम्म ६/७ वटा विधेयकहरू पारित गर्ने योजना रहेको जानकारी दिए ।


Author

थप समाचार
x