Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कोशी

कोशीमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरूबीच सहमति भयो : मुख्यमन्त्री कार्की

इकागज |
भदौ ९, २०८१ आइतबार १९:१५ बजे

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालयको संख्या ९ बाट नबढाउने शीर्ष नेताहरूबीच सहमति भएको बताएका छन् ।

आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या नबढाइए पनि दुई जनासम्म राज्यमन्त्री थप गरिने बताए । भदौ १२ गतेसम्ममा कोशी प्रदेशमा नेपाली कांग्रेसको पनि सहभागितासहितको सरकार विस्तार भइसक्ने उनले बताए । उनले बाहिर हल्ला भए जस्तो मन्त्रालयको संख्या नबढ्ने स्पष्ट पारे ।


मुख्यमन्त्री कार्कीले कांग्रेसले मन्त्रीको नाम सिफारिस गर्ने बित्तिकै सरकारले पूर्णता पाउने जानकारी दिए । कोशी प्रदेशमा रहेका ९ वटा मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय एमालेले लिने र बाँकी ४ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति भइसकेको उनले जानकारी दिए । 


Author

थप समाचार
x