कोशी

मुख्यमन्त्री कार्कीले भने - सरकार विस्तारमा कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस्

इकागज |
भदौ १९, २०८१ बुधबार १८:४० बजे

फाइल फाेटाे

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् । 

आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिए । 


उनले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गरे । उनले भने, 'कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।' मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरूको नामावली नदिएका कारण सरकार विस्तारमा केही ढिलाइ भएको बताए । 

 मुख्यमन्त्री कार्कीले भने, 'सरकार विस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिई सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई तीव्र गतिमा अघि बढ्नेछ ।'


Author

थप समाचार
x