कोशी

कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

इकागज |
असोज ४, २०८१ शुक्रबार २१:१६ बजे

फाइल फाेटाे

विराटनगर - कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरे । 

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाएका थिए । गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो । 



Author

थप समाचार
x