कोशी

हत्यामा आरोपमा तीन जना पक्राउ

इकागज |
असोज २२, २०८१ मंगलबार १४:६ बजे

झापा- झापाको बाह्रदशी गाउँपालिका-५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजामको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-७ बस्ने ३१ वर्षीय समिर राजवंशी, २० वर्षीया मुना मेचे राजवंशी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।


राजेश गत जेठ १५ गते देखि हराई बेपत्ता भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले हत्या गरी बाह्रदशी गाउँपालिका-७ बिरिङ खोलाको पश्चिम किनारामा गाडेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x