Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कोशी

इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १०:४१ बजे

इनरुवा (सुनसरी)- हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा रु १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा  दुई बिघामा गरिएको सागसब्जी तथा  केराखेतीमा पनि क्षति भएको छ ।



Author

थप समाचार
x