कोशी

खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल फाउण्डेशनले दियो एम्बुलेन्स

इकागज |
कात्तिक १२, २०८१ सोमबार २०:१२ बजे

ओखलढुङ्गा – अम होङ गिल ह्युमन फाउण्डेशनले खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। कोरियन पर्वतारोही क्याप्टेन अम होङ गिलले काठमाडौँमा एक कार्यक्रममा एम्बुलेन्सको चाँबी गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई सुम्पेका छन्।

फाउण्डेशनले नेपालमा शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ। खिजीदेम्बा गाउँपालिका दुर्गम क्षेत्र भएकाले यहाँका बासिन्दाहरूलाई स्वास्थ्य सेवामा पहुँचको अभाव थियो, जसको कारण उपचारका लागि महङ्गा भाडा तिरेर निजी सवारी वा हेलिकप्टर चार्टर गर्नुपरिरहेको थियो। एम्बुलेन्स हस्तान्तरणले यहाँका बासिन्दाहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।



Author

थप समाचार
x