कोशी

लीलाबल्लभ अधिकारी सांसदबाट निलम्बित

इकागज |
कात्तिक २६, २०८१ सोमबार १४:३३ बजे

फाइल फाेटाे

विराटनगर - कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।

कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।


मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौँ ल्याएको छ ।

उनलाई यस अघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत निलम्बन गरेको छ ।

प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।


 


Author

थप समाचार
x