कोशी

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध

इकागज |
मंसिर २, २०८१ आइतबार २०:५९ बजे

फाइल फाेटाे

काठमाडौँ - जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह उपनिर्वाचन–२०८१ मा आज उम्मेदवारी दर्ता गराएका उनी निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ । 


पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको छ ।
 


Author

थप समाचार
x