होमियोप्याथिक मेडिकल काउन्सिल बनाउने कार्य संघीय सरकारको हो - मुख्यमन्त्री कार्की
फाइल फाेटाे
काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले होमियोप्याथिक मेडिकल काउन्सिल बनाउने कार्य संघीय सरकारको कार्य क्षेत्रमा पर्ने भएकाले काउन्सिल बनाउन आफूले सहयोग गर्ने बताएका छन् ।
विराटनगरमा आयोजना गरिएको दुई दिने नेपाल भारत– होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले होमियोप्याथिक चिकित्सा पद्धति प्रति जनताको विश्वास र भरोसा भएकै कारण प्रदेश सरकारले विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरूमा होमियोपैथीका चिकित्सकहरुको दरबन्दी राखेको समेत बताए । उनले प्रदेश सरकारले होमियोप्याथिक चिकित्सालाई महत्वमा राखेर सहयोग गर्ने धारणा राखे।
नेपाल होमियोप्याथिक चिकित्सक संघले आयोजना गरेको सो दुई दिने सम्मेलनमा सहभागी चिकित्सकहरूले नेपालमा होमियोप्याथिक कलेजको आवश्यकता रहेकाले कोशी प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरेका थिए । दुई दिने स्वास्थ्य शिखर सम्मेलनमा नेपाल र भारतका होमियोपैथी चिकित्सकहरूले होमियोप्याथिक क्षेत्रमा भएको विकास र सम्भावना, रोगको उपचार पद्धति, नयाँ नयाँ औषधी विकास लगायतका विषयमा छलफल गरिने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया