विराटनगर महानगरपालिकाको पन्धौं अधिवेशन सम्पन्न
फाइल फाेटाे
काठमाडौँ - चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर विराटनगर महानगरपालिकाको नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन र बजेट खर्च नभएपनि चालू आर्थिक वर्ष ०८१/८२ को बजेटमा करको दायरा र बजेट शीर्षकहरू भने संशोधन गरिएको छ ।
आइतबार विराटनगर महानगरपालिका कार्यालयमा आयोजना गरिएको अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष०८१/८२ को अर्ध वाषिक समीक्षा प्रस्तुत गर्दै बजेटको आय व्यय विवरण यथार्थपरक र मागमा आधारित भएकाले बजेट शीर्ष र केही योजनाको नाम तथा करको दायरा संशोधन गरेको दिए ।
उनले चालू आर्थिक वर्षको साउन देखि पौष १५ गते सम्म आय तर्फ ३५ प्रतिशत अर्थात करिब १ अरब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ रकम संकलन भएको र व्यय तर्फकरिब २० प्रतिशत अर्थात ६९ करोड ५४ लाख ३८ हजार खर्च भएको जानकारी दिए ।
विराटनगर महा नगरपालिकाले आगामी आर्थिक वर्ष०८१/८२ का लागि ३ अरब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया