कोशी

चौदण्डीगढी नगरपालिकाका सरकारी जग्गा खाली गराउन थालियो

इकागज |
फागुन ५, २०८१ सोमबार १९:३७ बजे

काठमाडौं - लामो समयदेखि अतिक्रमणमा परेको उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिकाका सरकारी जग्गा खाली गराउन थालिएको छ । 

चौदण्डीगढी नगरपालिकाले ३५ दिने, १५ दिने र ७ दिने सूचना जारी गरेर नगरको बेल्टार बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना तत्काल हटाउन भनेकोमा स्थानीयहरूले नहटाएपछि सोमबार नगरपालिकाले स्थानीय नेपाल प्रहारी, सशस्त्र प्रहारी, नगर प्रहारी सहितको टोलि मार्फत डोजर लगाएर अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएको हो । 


सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकोले बजार क्षेत्रमा रहेका नदी उकास जागा भित्र रहेका, अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिए । 

नगरको वडा नम्बर ७ स्थित बाख्रा बजार क्षेत्रमा नदी उकास जमिन भित्र स्थानीयले निर्माण गरेका ३८ वटा बंगुरका खोर, १५ वटा बाख्राको खोर, दाउरा राख्ने कटेरो २ वटा, भान्सा घर २ वटा, कच्ची शौचालय , अस्थायी टहरा ३ वटा र एउटा खुकुरी उद्योग सहित केही कुखुराको खोर हटाइएको भूमि शाखा प्रमुख यज्ञ श्रेष्ठले जानकारी दिए । 


Author

थप समाचार
x