कोशी

हराएको ५ दिनपछि किशोरको शव फेला, हत्याको आशंका

इकागज |
मंसिर १५, २०७७ सोमबार १७:२४ बजे

विराटनगर : सुनसरीको दुहबी नगरपालिकामा एक किशोर मृत फेला परेका छन् । दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षे सुजन चौधरीको शव सोमवार बिहान फेला परेको हो । 

घरदेखि करिब ५ सय मिटर दक्षिणमा शुभलक्ष्मी खाद्य उद्योगको पछाडि सुजनको शव भेटिएको सुनसरी प्रहरीले जनाएको छ । पाँच दिनअघि साथीकोमा जान्छु भन्दै हिँडेका ती किशोरको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 


इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययरत सुरजको अपहरणपछि हत्या गरिएको हुनसक्ने सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा छिमेकी दुहबी नगरपालिका २ का २१ वर्षे सुमन झालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । 


Author

थप समाचार
x