जिपको ठक्करबाट पेटीमा बसिरहेका दिदीबहिनीको घटनास्थलमै मृत्यु

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जिपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ ।
त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जिपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई उक्त बोलेरोले ठक्कर दिँदा दुई दिदीबहिनीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो ।
सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया