कोशी

अल्पमत-बहुमतको कुराले पार्टीमा दुर्घटना निम्त्याउँछ : बाँस्कोटा

इकागज |
मंसिर २८, २०७७ आइतबार १२:५५ बजे

विराटनगर : सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पार्टीमा बहुमत/अल्पमतको कुराले दुर्घटना निम्त्याउने दावी गरेका छन् । ‘यदि दुर्घटना गराउने हो भने अल्पमत-बहुमत गरौं,’ उनले भने, ‘दुर्घटना नै गर्ने हो भने रामराम भनौं, ऐया न आत्था ।’ त्यसपछि पुस्तान्तरणको कुरा उठेको छ नयाँ पुस्ताले पार्टी नयाँ ढंगले चलाउँछ ।’ 

युवा संघ नेपाल प्रदेश १ ले शनिबार मोरङको विराट चोकमा आयोजना आयोजना गरेको ओली पक्षीय भेलामा आएका बाँस्कोटाले आइतबार बिहान विराटनगरमा पत्रकार सममेलनमा बोल्दै उक्त कुरा बताएका हुन् । पार्टीभित्र विवाद भयो भन्दैमा प्रधान्मन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न नहुने उनले बताए । ‘विधि, प्रकृया भनेकै नेतृत्व महाधिवेशनबाट परिवर्तन हुने र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने हो,’ बास्कोटाले भने, ‘उहिल्यै सीपी मैनालीलाई पाँच/सात जना मिलेर फालेजस्तो अहिले सकिदैन, त्यसरी फाल्न थाल्ने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुन्छ, नातिले पनि फाल्छ । उहाँहरू पाँच जनालाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन ।’


मुलुकलाई जबरजस्ती हिंसातर्फ लैजाने र व्यक्तिहत्या गर्ने प्रत्यन भएको भन्दै बाँस्कोटाले विप्लव समूहको कृयाकलापको पनि विरोध गरे । मोरङको मिक्लाजुङमा शिक्षक हत्याको विरोध गर्दै व्यक्तिहत्या अस्वीकार्य हुने उनले बताए । सत्तारुढ दलमा विवाद देखिएको मौकामा देशमा राजा फर्काउने नाममा स्वस्थानी कथा बाचन हुनथालेको टिप्पणी गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र प्रजातन्त्रमा विप्लवको जस्तो व्यक्तिहत्या स्वीकार्य नहुने टिप्पणी गरे ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि पछिल्ला दिनमा भइरहेको टिप्पणी र लागेको आरोपका बारेमा कुनै प्रतिकृया नदिने भन्दै उनले भने ‘मेरो विषयमा आरोप लागेपछि मैले ४८ घण्टा नबित्दै राजिनामा दिएं तर मबाट सिक्नुस् भनेर त म आदर्शवान नेताहरूलाई कसरी भन्न सक्छु र ? त्यसमा पनि केपी ओली जस्तो व्यक्तिलाई सर्टिफिकेट दिने नेताहरूले के गर्नु पर्ने हो गर्नुहोला ।’


Author

थप समाचार
x