प्रदेश १ मा 'एक पालिका, एक दमकल’
ओखलढुंगा- प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशका सबै पालिकामा दमकलको व्यवस्था गर्ने सरकारको नीति रहेको जानकारी दिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाबीच आइतबार सम्पन्न अन्तक्र्रियामा उनले ‘एक पालिका एक दमकल’ को अवधारणालाई सरकारले अगाडि बढाएको बताए ।
जिल्लामा आइपरेका विपद् व्यवस्थापन गर्न स्रोत साधन अभाव भए तत्काल प्रदेश सरकारलाई माग पठाउनुहोला, उनले भने ।
कार्यक्रममा पालिका प्रमुख उपप्रमुखले हाल सिद्धिचरण नगरपालिकामा मात्र दमकल रहेको र अन्य स्थानीय तहमा नभएको जानकारी दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले आगलागीबाट जिल्लामा बर्सेनि सामुदायिक तथा निजी वन, सार्वजनिक र निजी सम्पत्ति तथा जनधनकोे क्षति हुने गरेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया