बन्दले सांसदहरू सदन आउन नसकेकाे भन्दै प्रदेशसभा स्थगित गर्न एमालेको माग
विराटनगर- प्रदेश १ को प्रदेशसभाको आजको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आग्रह गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बन्दका कारण आफ्नो दलका सांसदहरु सदन आउन नपाएको भन्दै बैठक स्थगित गर्न माग गरेको हो ।
अहिले कार्यव्यवस्थाको बैठक जारी छ । कार्यव्यवस्थाको बैठकमा आफ्ना कुरा राखेर एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी बाहिर निस्किएका छन् ।
आजको बैठकमा पाँच दलीय गठबन्धनको सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले बैठक सार्न माग गरेपछि कार्यव्यवस्थामा प्रतिनिधित्व गर्ने सत्तापक्षका सांसदहरू सभामुख प्रदीपकुमार भन्डारीसँग परामर्श गरिरहेका छन् ।
एमालेले बिपक्षमा मतदान गर्ने घोषणा गरेपनी सांसदद आउन नसकेपछि बैठक सार्न माग गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया