कोशी

प्रतिपक्षाविनै बसेको प्रदेशसभाको बैठक स्थगित

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १४:५७ बजे

विराटनगर- प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी आजको बैठक स्थगित भएको हो । आज (मंगलबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मतका लागि प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको भन्दै सभामुख प्रदिप कुमार भण्डारीले बैठक स्थगित गरेका हुन् । बैठक भोलि साढे ११ बजेलाई डाकिएको छ । 


सभामुखले बैठक स्थगित हुने कुरा सांसदमा बताउँदा सत्ता पक्षका सांसद मोहन कुमार खड्काले सभामुखको भनाई मै आपति जनाएका थिए ।


Author

थप समाचार
x