कोशी

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि प्रशासन प्रमुख नियन्त्रणमा

इकागज |
पुस १२, २०७७ आइतबार १२:२० बजे

सांकेतिक तस्बिर

झापा : नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।

'हामीले जिप्रकाको आदेशलाई मानेका हौँ,' प्रहरी प्रवक्ता राकेश थापाले भने, 'खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्‍ने कुरा आएको छ । उनीहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ ।'


उनीसँगै कार्यालय सहयोगी‍ आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


Author

थप समाचार
x