कोशी

ओलीले गरेको असंवैधानिक ‘कू’ नसच्चिएसम्म सडक छोड्‍दैनौं‌ : डा. शेखर कोइराला

लीलावल्लभ घिमिरे |
पुस १३, २०७७ सोमबार १७:१२ बजे

विराटनगर : नेपाली काग्रेंस मोरङले आज जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा जुलुससहितको विरोध सभा गरेको छ । मोरङ क्षेत्र नम्बर ६ ले विराटनगर बजारमा जुलुस प्रर्दशन गर्‍याे । जुलुसपछिको सभालाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सम्बोधन गरे भने क्षेत्र नम्बर ४ को विरोध सभा झोराहाटमा भयो । उक्त सभालाई केन्द्रीय सदस्य महेश आर्चायले सम्बोधन गरे भने क्षेत्र नम्बर २ को विरोध सभा डायनीयामा भयो त्यहाँ केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले सम्बोधन गरे । 

क्षेत्र नम्बर ५ को विरोध सभा कर्सीया बजारमा भयो । सभालाई अर्का केन्द्रीय सदस्य अमृत अर्यालले सम्बोधन गरेका थिए । यसै गरी क्षेत्र नम्बर १ को सभा लेटाङ बजारमा भएको थियो । सभामा मोरङ कांग्रेस सभापति डिकवहादुर लिम्बुले सम्बोधन गरेका छन् । यसै गरी क्षेत्र नम्बर ३ मा पनि विरोध सभा भएको छ । 


ओलीले गरेको संवैधानिक ‘कू’ नसच्चिएसम्म सडक छोड्दैनौं : डा. शेखर कोइराला

विराटगरको महेन्द्र चोकको विरोध सभामा बोल्दै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक ‘कू’ नसच्चिएसम्म सडक नछोड्ने बताए । उनले प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको भन्दै  सर्वोच्च अदालतले समेत निर्वाचनमा जानेगरी फैसला गरे सडकबाटै निर्वाचनको सुनिश्चितता गराउने दाबी गरे । 

माधवकुमार नेपाल र प्रचण्ड पनि ओलीकै मतियार भएको दाबी गरे । विपीले कम्युष्टहरूसंग मिलेर कहिलै आन्दोलन नगर्नु भएको स्मरण गर्दै गणेशमान, कृष्णप्रसाद र गिरीजा प्रसादले यिनीहरूलाई प्रजातन्त्रवादी बनाउन प्रयास गरे पनि सफल नभएको बताए । 

‘१२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा हाल्दा पनि बाङगो नै हुन्छ भन्थे हो रहेछ,’ उनले भने, ‘यि कम्यूष्टहरू कहिल्यै प्रजातन्त्रवादी नहुने रहेछन् ।’ विराटनगर आयोजित विरोध सभामा राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, कांग्रेस केन्द्रीय सदस्य डीला संग्रौला, प्रदेश १ प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्य चुमनारायण तबदारलगायतले बोलेका भिए ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x