कोशी

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

इकागज |
पुस २०, २०७७ सोमबार २०:५८ बजे

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिका ढकाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार झापाको सवर्तामोडमा भएको तेस्रो साधरणसभाबाट ढकाल निर्विरोध निर्वाचित हुन् ।

अधिवेशनले जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल र एसोशिएटतर्फको उपाध्यक्ष राजेन्द्र राउत निर्विरोध चयन गरेको छ । राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य र पौडेल इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष समेत हुन् ।


संघको कोषाध्यक्षमा रमेश राठी निर्वाचित चयन भएका छन् । सदस्यहरुमा युवराज शाक्य, कुमार भट्टराई, भुपाल राज कटुवाल, वीरेन्द्रकुमार साह, प्रितम खड्गी जिल्ला नगर तर्फबाट र सुवास आचार्य र राजन श्रेष्ठ एसोसिएट सदस्य र वस्तुगत सदस्यमा रविनकुमार दाहाल, श्रवण कुमार अग्रवाल निर्विरोध छानिएका छन् ।

संघको यस अघि ११ पुसमा निर्वाचन हुने मिति तोकिएको थियो । साधारणसभा रोक्न माग गर्दै गर्ग प्रिन्टर्सको तर्फबाट दायर भएको रिटको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले पुस १० गते निषेधाज्ञायुक्त परमादेश जारी गरेको थियो ।

१४ पुसमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश खारेज गरेपछि सोमबार साधरणसभा भएको हो । अध्यक्षका अर्का प्रत्यासी भीम घिमिरेले लगाएको टिमले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएको हो । 


Author

थप समाचार
x