कोशी

मन्त्रालय र मन्त्री थपेको विरोधमा अनेरास्ववियु र युवा संघको प्रदर्शन

इकागज |
माघ २३, २०७८ आइतबार ११:४७ बजे

विराटनगर- मन्त्रालय फुटाएर मन्त्री नियुक्ति गर्न लागेको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघले प्रदेश १ का प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा प्रदर्शन सुरु गरेका छन् ।

 नियुक्त हुन लागेका मन्त्रीहरुलाई सपथ ग्रहणमा सहभागी हुनबाट रोक्ने उद्देश्यले उनीहरुले बाटोमै बसेर प्रदर्शन गरिरहेका छन् ।


विरोध प्रदर्शन शुरु भएपछि प्रदेश प्रमुखको कार्यालय वरपर नेपाल प्रहरी र शसस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले सात मन्त्रालय फुटाएर १३ वटा पुर्‍याएका छन् । फुटाएका मन्त्रालयमा आजै मन्त्री नियुक्ति हुदैछन् । 

प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहणको तयारी भइरहेको छ । ११ बजे सपथ ग्रहणको समय तोकिएपनि मन्त्रीहरुको कार्यविभाजन सहितको विवरण भने प्रदेश प्रमुखको कार्यालयमा आइपुगेको छैन ।


Author

थप समाचार
x