कोशी

यस्तो छ प्रदेश १ मन्त्रिपरिषद्‍को कार्यविभाजन

इकागज |
माघ २३, २०७८ आइतबार १२:५२ बजे

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या थपेर १३ पुर्‍याएका छन् । यसअघि सातवटा मन्त्रालयबाट १२ वटा पुर्‍याइएकोमा गठबन्धन दलहरू बीच मन्त्रालयको भागबण्डा नमिल्दा संचार तथा सहकारी मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पुर्‍याएका हुन् । 

मुख्यमन्त्री राईले थपिएका मन्त्रालयहरूमा आजै मन्त्रीहरू नियुक्तगरी सपथ ग्रहण गराइएको छ। मुख्यमन्त्री राईले हालका ७ वटा मन्त्रालय मध्ये चार वटालाई फुटाएर नाै वटा बनाउने यसअघि निर्णय गरेका थिए । उनले आइतबार बिहान एउटा मन्त्रालय बढाएर मन्त्रालयको संख्या १० वटा पुर्‍याएका छन् ।


पहिलेका सात मध्ये दुईवटा मन्त्रालयमा मन्त्री नियुक्त हुनै बाँकी रहेको बेलामा उनले गठबन्धन दलहरुलाई भागबण्डा पुर्‍याउन एकपछि अर्को गर्दै मन्त्रालयहरू फुटाएर १३ वटा बनाएकाे बताएका छन् ।

यस्तो छ प्रदेश १ को मन्त्रालयको कार्यविभाजन


Author

थप समाचार
x