मोटरसाइकल चोरी आरोपमा ७ जना पक्राउ
विराटनगर : मोटरसाइकल चोरी आरोपमा झापाबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरी आरोपमा पक्राउ परेकाहरूलाई मंगलबार सार्वजानिक गरेको हो ।
विगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाइकल तथा स्कुटरहरु हराइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रदेश १ प्रदेश प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका-२ का २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका-६ का २० वर्षीय रोशन गिरी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका-३ घर भई बिर्तामोड बस्ने २१ वर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका-४ का २२ वर्षीय सन्दिप लिम्बु छन् ।
मोटरसाइकल तथा स्कुटरहरू चोरी गर्ने मानिसहरूको पहिचान गर्न अपरेशन हन्ट नाम दिई सुक्ष्म रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाइकलसहित ७ जनालाई नियन्त्रणमा लिएको छ भने अन्य ११ थान मोटरसाइकल विभिन्न स्थानहरूबाट फेला पारेको प्रदेश प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया