कांग्रेस संसदीय दलको बैठक सुरु, नेकपा दाहाल-नेपाल समूहको पनि बस्दै
मुख्यमन्त्री शेरधन राई/फाइल तस्वीर
विराटनगर : आ-आफ्ना रणनीति तय गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेस र नेकपा दाहाल–नेपाल समूहको संसदीय दलका बैठक बस्दै छन् । प्रदेश १ सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव र संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसको संसदीय दलको बैठक अहिले प्रदेश सभा सचिवालयमा सुरु भएको छ ।
सरकारमा सामेल हुने/नहुने वा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताए । यसबारे बैठकमा छलफल हुने छ ।
नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक पनि आजै बस्दैछ । मुख्यमन्त्री शेरधन राई समूहले पनि आजै बोलाएको आफ्नो समूहको बैठक स्थगन गरेको छ । प्रदेश १ को प्रदेशसभा बैठक बुधबार दिनको २ बजेबाट सुरु हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया