कोशी

प्रदेश १ मा आइपुग्यो कोरोना भाइरसविरुद्धको खोप

इकागज |
माघ १२, २०७७ सोमबार १९:५२ बजे

फाइल तस्बिर

विराटनगर : कोरोना भाइरसविरुद्धको खोप विराटनगर आइपुगेको छ । भारत सरकारको सहयोगमा आएको उक्त खोप प्रदेश १ का लागि आएको हो । । पहिलो चरणमा प्रदेश १ का १४ जिल्लालाई ९६ हजार डोज खोप आइपुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार माघ १३ गते बेलुकासम्म प्रदेशका जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुर्‍याउइने छ।

प्रदेशका प्रत्येक जिल्ला अस्पताल र केही ठूला अस्पतालहरुबाट पहिलो चरणमा कोरोना महामारीकाबीच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ । प्रथम चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईँले बताए ।


पहिलो पटक खोप लगाइसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज खोप आवश्यक पर्छ । कोरोनाविरुद्धको खोप विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरिएको छ । 
  


Author

थप समाचार
x