कोशी

प्रदेश १ का १४ जिल्लामै बन्दको प्रभाव : लामो दूरीका सवारी ठप्‍प, कलकारखाना र शैक्षिक संस्थाहरू बन्द

इकागज |
माघ २२, २०७७ बिहीबार १३:३० बजे

विराटनगर : नेकपा दाहाल-नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव प्रदेश १ का १४ जिल्लामा नै देखिएको छ । लामो तथा छोटोदुरीका सवारी सधान चलेका छैनन् भने मोटरसाइल र सिटी रिक्सा जस्ता सवारी सधान भने चलेका छन् । प्रमुख बजारका पसलहरू बन्द छन् । उद्योग, कलकारखाना र शैक्षिक संस्थाहरू पनि बन्द छन् । 

प्रहरीले विराटनगरबाट ६ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्ला संघर्ष समितिको सहसंयोजक पारुल क्षेत्रीसहित ६ जनालाई पक्राउ गरेको हो । 
यसैगरी सुनसरीबाट ३ जनालाई पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी विपीन रेग्मीले बताए । धरानमा बन्दकर्ताले यातायातका साधन रोक्नेक्रममा बन्दकर्तालाई प्रहरीले रोकपछि झडप भएको थियो । 


धरानमा भानुचौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानैदेखि प्रदर्शन गरेका थिए । एउटा ट्याम्पोलाई बन्दकर्ताले अवरोध गर्न खोज्दा यातायात मजदुरहरू  र प्रदर्शनकारीबीच तनाव उत्पन्न भएको थियो । सबै जिल्लामा अहिल स्थिति सामान्य रहेको प्रदेश प्रहरी कार्यालयका डिएसपी विपीन रेग्मीले बताए ।


Author

थप समाचार
x