कोशी

कामचलाउ प्रधानमन्त्री ओलीलाई दाहाल-नेपाल समूहले कालो झण्डा देखायो

लीलावल्लभ घिमिरे |
फागुन ८, २०७७ शनिबार १३:२५ बजे

विराटनगर : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा दाहाल नेपाल समूहका विद्यार्थी तथा युवाहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विराटनगरमा ओली समूहको कार्यक्रममा सहभागी हुन उनी गएका थिए ।



Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x