कोशी

स्योनिटाइजर सेवन गरेका दुई जनाको मृत्यु

इकागज |
फागुन १७, २०७७ सोमवार १८:२३ बजे

विराटनगर : स्योनिटाइजर सेवन गरेका दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार स्योनिटाइजर सेवन गरेका मोरङको जहादा गाउँपालिका–४ का ६० बर्षीया दिनेश मण्डलको सोमबार कोशी अञ्चल अस्पातलमा उपचारका क्रममा मृत्यु भएको हो । 

सेनिटाइजर सेवनकै कारण झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर १७ मा डेरागरी बस्ने ६५ वर्षीया अम्बीका गिरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उनले सेनिटाइजरलाई मदिरा ठानेर सेवन गरेकी थिइन् । तर मण्डलले भने घरपरिवारमा विवाद भएपछि सेनिटाइजर सेवन गरेको प्रहरीले जनाएको छ ।
 



Author

थप समाचार
x