कोशी

ताप्लेजुङ दोभान बजारमा आगलागी : ३५ घर जलेर नष्ट

इकागज |
फागुन १८, २०७७ मंगलबार ११:१७ बजे

प्रतिकात्‍मक तस्‍वीर

फुङलिङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-३ तथा जिल्लाकै दोस्रो ठूलो बजार  दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए ।  दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । उनले भने, 'आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्निरेखा कोर्ने काम गर्र्दै छौ ।' 

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, 'म पनि आगलागी क्षेत्रमा जाँदै छु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।' सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको  कार्कीले जानकारी दिए । रासस



Author

थप समाचार
x