कोशी

ब्राउनसुगरसहित दुई पक्राउ

इकागज |
फागुन १९, २०७७ बुधबार ८:४४ बजे

सांकेतिक तस्बिर

झापा : झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागूऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना-४ घर भई हाल झापा दमक-१ बस्‍ने २३ वर्षीय  गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । 

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ । रनसस



Author

थप समाचार
x