कोशी

मोरङ पार्टी कार्यालयमा राखियो नेकपा एमालेको साइनबोर्ड

लीलावल्लभ घिमिरे |
फागुन २४, २०७७ सोमबार १४:७ बजे

विराटनगर : सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल पुगेका थिए । बोर्ड राख्दा तत्कालीन एमालेका कार्यकर्ता तथा नेताहरू निकै उत्साहित भएका थिए । 


बोर्ड राख्न नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल समेत पुगेका थिए । नेकपा एमालेले मोरङका सवै स्थानीय तहमा रहेका आफ्ना पार्टी कार्यालयहरूबाट नेकपाको साइनबोर्ड हटाएर एमालेको बोर्ड राख्न थालेको छ । 

त्यसका लागि सवै पालिका कार्यालयहरूका लागि साइनबोर्ड बनाइ सकिएको जनाएको छ । नेकपामा आएको विभाजसंगै दाहाल–नेपाल समूहका नेताहरू पाञ्चालीमा रहेको आफैं पार्टी कार्यालय भवनमा जान छोडेका थिए । उनीहरू विराटनगरको तीनपैनीमा रहेको भाडाको पुरानो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयलाई प्रयोगगरी रहेका थिए । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x