पाँच वर्षपछि बल्ल विराटनगर महानगरपालिकाको भवन शिलन्यास
फाइल फोटो
विराटनगर -विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहजरुपले सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नगर कार्यालय भवन निर्माण शुरु गरेको छ । विराटनगर नगरपालिका–७ स्थित ६ कठ्ठा जग्गामा १४ करोड ६३ लाख ५५ हजार ५९० लागतमा नयाँ भवन निर्माण हुने इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए ।
आगामी दुई वर्षमा भवन निर्माण सम्पन्न गरिने छ । महानगरका प्रमुख भीम पराजुलीले भवनको आज शिलन्यास गरे । नयाँ भवनबाट सेवाग्राहीले सेवा प्राप्त गरेपछि प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे ।
रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया