कोशी

प्रदेश-१ मा थपिए ३१५ जना कोभिड संक्रमित

सौरभ यादव |
कात्तिक २१, २०७७ शुक्रबार १९:३५ बजे

बिराटनगर : प्रदेश-१ मा शुक्रबार ३१५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको  मन्त्रालयले जनाएको हो ।

प्रदेश १ मा आज ३५० जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।


प्रदेश १ मा आज १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x