कोशी

इलाममा गठबन्धन हुने सम्भावना न्यून,  नेकपा एसले ३१ र माओवादीले माग्यो ३५ वडा

इकागज |
बैशाख ४, २०७९ आइतबार १६:३५ बजे

फाइल फोटो

काठमाडौँ - इलाममा चुनावी गठबन्धनको संभावना न्यून बन्दै गएको छ । ८२ वडा रहेको इलाममा नेकपा (एस) र माओवादीले क्रमश ३१ र ३५ बढी वडा मागेपछि गठबन्धनको सम्भावना न्यून भएको हो । 

सत्ता गठबन्धनको समितिमा रहेका एक सदस्यका अनुसार स्थानीय तह रहेको इलाममा नेकपा(एस)ले ४ नगर सहित ३१ वटा वडा मागेको छ भने माओवादीले पनि २ स्थानीय तहको प्रमुख र ३० बढी वडा मागेको छ ।  


`१० मध्ये गठबन्धनका दलहरूले ७ वटा पालिका मागेका छन् । वडा पनि धेरै मागे` उनले भने, `हामीले टुंगो लगाउन सकेका छैनौं फेरि हामीभित्र पनि एकता छैन ।`

इलाम नेकपा (एस) का नेता झलनाथ खनालको गृह जिल्ला हो । एसले सूर्योदय, माइजोगमाइ र सन्दकुर मागेको छ । यता, जनता समाजवादी पार्टीले माङ्सेवुङ्ग गाउँपालिका मागेको छ ।

माओवादी केन्द्रले माइ नगरपालिकालाई प्राथामिकतामा राखेको छ । 


Author

थप समाचार
x