कोशी

मनोनयन दर्ताको पहिलो दिन विराटनगरको मेयरमा तीन जनाको उम्मेदवारी

इकागज |
बैशाख ११, २०७९ आइतबार १९:० बजे

विराटनगर - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तरगत आइतबार विराटनगर महानगरपालिकाको मेयरमा दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै विराटनगर–५ का सक्रिय गौतमले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


सिके राउत नेतृत्वको जनमत पार्टीबाट भने अरुण कुमार मण्डलले मेयर पदमा उम्मेद्धवारी दर्ता गरेका हुन् । आफू समर्थित केही कार्यकर्ताहरुसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार यादवले जनताको माग अनुसार आफुले मेयरमा उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।

अर्का स्वतन्त्र उम्मेद्दवार गौतमले महानगरपालिकाको विकास र न्यायका लागि आफ्नो उम्मेद्दवारी रहेको बताएका छन् । त्यस्तै जनमत पार्टीका मेयरका उम्मेद्दवार मण्डलले भने महानगरपालिकाभित्र एक घर एक रोजगारी दिने, स्वास्थ्य र शिक्षामा निशुल्क गर्ने, किसानको मुद्दालाई सम्बोधन गर्ने र भ्रष्ट्राचारको जरै उखल्ने घोषणासहित उम्मेद्दवारी घोषणा गरेको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले विराटनगरको मेयरमा तीनसहित वडाध्यक्षमा १८ र सदस्यहरुमा ३६ जनाको उम्मेद्दवारी दर्ता भएको जानकारी दिए ।


Author

थप समाचार
x