मधेश

सप्तकोसीमा हाम फालेका लिम्बुको सकुशल उद्धार

इकागज |
जेठ १९, २०७९ बिहीबार ११:२३ बजे

सांकेतिक तस्बिर

सप्तरी- सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७:१५ मिनेटतिर हाम फालेका ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।


लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । 

लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।

उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिए । 


Author

थप समाचार
x