मधेश

जीप दुर्घटनामा ४ जना घाइते

इकागज |
चैत १८, २०७७ बुधबार १७:५३ बजे

जनकपुरधाम : पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबर सडकखण्डमा भएको विंगर दुर्घटनामा ४ जना घाइते भएका छन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकास्थित रमदैया नजिक राजदेबि मन्दिरअगाडि भएको दुर्घटनामा परी लवकुमार सिंह, मनिसाकुमारी गुहार, चान्दनीकुमारी  प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक सन्तोष कुमार साहको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी  कार्यालय महेन्द्रनगरले जनाएको छ । घाइतेहरुको जनकपुर प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x