मधेश

अज्ञात समूहको गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते

इकागज |
चैत १९, २०७७ बिहीबार ९:५६ बजे

फाइल फोटो

जनकपुरधाम  ः अज्ञात समुहको गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् । बुधबार साँझ साढे ७ बजेतिर अज्ञात समुहले चलाएको गोली लागेर महोत्तरीको बर्दिबास नगरपालिका-१ का रोशन कोइराला घाइते भएका हुन् ।

प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार औरही नगरपालिका-४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन । गोली लागि घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भईरहेको छ । 


गोली कसले र किन चलाएको हो ? भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । 


Author

थप समाचार
x