मधेश

धनुषामा आँपको बगैँचामा भेटियो बेवारिसे शव

इकागज |
चैत १९, २०७७ बिहीबार १२:५ बजे

जनकपुरधाम : धनुषामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । क्षिरेश्वरनाथ नगरपालिका- ३ पर्सा पकडियास्थित आँपको बगैँचामा पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

शवको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनुवारका अनुसार उनको हत्या गरिएको हो वा आफै मृत्यु भएको हो भन्ने पनि खुल्न सकेको छैन ।


शव पोष्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । स्थानीयहरुका अनुसार मृतक गाउँमा मागेर खाने व्यक्ति रहेको तथा उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x