मधेश

नागरिकता विधेयक पारितको माग गर्दै तमलोपाद्वारा विरोध

इकागज |
जेठ ३०, २०७९ सोमबार १९:२७ बजे

जनकपुरधाम–नागरिकता विधेयक पारितको माग गर्दै संघीय सांसदहरू विरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी प्रदर्शनमा उत्रेको छ ।

सोमबार जनकपुरधाममा तमलोपाले नागरिक विधेयक पारित गर्न दबाव दिने उद्देश्यले संघीय सांसदविरुद्ध विरोध र्‍याली प्रदर्शन गरेको हो । जनकपुरधामको जनक चोकबाट सुुरु भएको सो र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर सम्पन्न भएको थियो ।
 


र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरुले नागरिकता विधेयक अविलम्ब पारित गर, राजनीतिक दलहरु नागरिकता विधेयक बारे धारणा स्पष्ट र सार्वजनिक गर, जन्मसिद्धका सन्तानहरु नागरिकता दे, अंगीकृत नागरिकता खुल्ला लगायतका माग गर्दै नाराबाजी समेत गरेका छन् ।

राजनीतिक किचिलोका कारण कयौं वर्षदेखि संघीय संसदमा थन्किएको नागरिकता विधेयक पारित गर्न संघीय सांसदहरुलाई दबाव दिने उद्देश्यले तमलोपाले विरोध रैली प्रदर्शन गरेको सहभागी नेताहरुले बताएका छन् ।
 

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले नागरिकताको हक सम्बन्धी अधिकार बन्धक बनाएर राख्ने र कसैको निहित अधिकार नरहेकोले वर्षौदेखि थन्किएको नागरिकता विधेयक अविलम्ब पारित गर्नुपर्ने बताए । नागरिकता विधेयक विगत लामो समयदेखि संघीय सांसदहरुकै कारण पारित हुन नसक्दा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानहरुलाई निकै समस्या झेल्नु परेकोले अब तिनीहरुलाई राज्यविहिनताको अवस्थामा नराख्न उनले माग गरे ।


Author

थप समाचार
x